ई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने भ्रमणको उद्देश्य – दाहाल

User Rating:  / 0
PoorBest 

नयाँ दिल्ली, ३१, भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले दुइ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनु भएको छ ।

प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि दाहाल हिजो नयादिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको सम्मानमा हिजो सांझ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा उक्त कुरा बताउनु भएको हो ।

उक्त रात्रिभोजमा भारत सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता एवम् कूटनीतिक नियोगका प्रमुखको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘मेरो भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्नेछ ‘ ।

नेपाल–भारत सम्बन्ध राजनीतिक, ऐतिहासिक, सांस्कृतिक एवम् जनस्तरमा अत्यन्त महत्वपूर्ण रहेको र दुई देश बिचको यस्तो सम्बन्धले दुवै देशका जनताको भाग्य तथा आर्थिक अवस्थामा समेत सकारात्मक परिबर्तन ल्याउने कुरामा आफु बिस्वस्त रहेको उल्लेख गर्नुभयो । उहाँले गत वर्षको भूकम्पमा भारत र भारतीय जनताले पुर्याएको सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गर्नुभयो ।

दाहालको उच्चस्तरीय भेटघाट भने आजबाट मात्र सुरु हुनेछ ।