घरेलु उद्योगको बाटो भत्किएपछि सेवाग्राही सास्तीमा

User Rating:  / 0
PoorBest 

नवलपरासी, २९ भदौ  । नवलपरासीमा साउन ३ गते झरही खोलामा अाएको ठुलो बाढीले सदरमुकाम परासी बजारमा तीन देखि चार फिट पानी पसेको थियो ।

बाढीले घरेलु तथा साना उद्योगको प्रवेश पुल, गेट, भवन लगायतमा ठुलो क्षति पुर्याउनुको साथै पुल र भवन भत्किएको थियो । हाल त्यसको मर्मत नभएपछि सेवाग्राहीहरु तथा कर्मचारी कार्यालय अाउन जान सास्ती झेल्नु परेको छ भने सम्बन्धित निकाय मौन रहेको अारोप सेवाग्राही र कर्मचारीले लगाएका छन ।

घरेलु तथा साना उद्योग नवलपरासीका नायब सुब्बा माधव लाल गुप्ताले सम्बन्धित निकायबाट ढिलासुस्ती भएको दाबी गर्दै कार्यालयले पटक-पटक घरेलु तथा साना उद्योग विभाग केन्द्र, दैविक प्रकोप उद्धार समिति नवलपरासी, सहरी डिभिजन कार्यालय चितवन र भवन अवास तथा सहरी विकास कार्यालय भरतपुरमा जानकारी गराउँदा पनि भन्दै अालटाल भइरहेको सो कार्यालयका एक कर्मचारीले बताएका छन ।

उता जिल्ला विकास समिति नवलपरासीका एलडिअो लालकृष्ण शर्मा पौडेलले मर्मतको प्रक्रिया चलिरहेको बताउँदै छिटै नै बन्ने विश्वास गर्नु भएको छ । सेवाग्राही र कर्मचारीले अा-अाफ्नो सवारी साधन बाटोमा नै पार्किङ गर्दै अाउँदा सडक दुर्घटना हुन सक्ने अाशंका गरिएको छ । कार्यालयको उत्तर दिशाको भित्ता समेत भत्किएको छ ।

– रबिन्द्र यादव, नवलपरासी