26.4 C
Parāsi
Saturday, March 15, 2025
spot_img

नवलपरासीको त्रिवेणीमा माघे औंसीमा स्नान गर्न आउने र माघे औंसी मेला भर्न आउने भक्तजनहरुको शुक्रबार विहानैदेखि घुइचो ।

त्रिवेणीमा हरेक बर्ष नेपाल र भारतका गरी ४÷५ लाख भक्तजनहरु माघे औंसीमा स्नान गर्न आउने गर्दछन् । त्रिवेणीमा सबैभन्दा ठूलो मेला माघे औंसीमा लाग्ने गर्दछ । त्रिवेणीमा ४ दिनसम्म माघे औंसी मेला लाग्ने गर्दछ ।
नेपालको नवलपरासी, रुपन्देही, चितवन, पाल्पा, तनहू लगायतका जिल्लाका साथै भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्ड लगायतका क्षेत्रका भक्तजनहरु यहाँ आउने गर्दछन् ।
नारायणी, सोन भद्र र पूर्ण भद्र नदीको संगम त्रिवेणीमा त्रिवेणी धाम, गजेन्द्र मोक्ष धाम, वाल्मिकी आश्रम जस्ता धार्मिक आश्रम जस्ता धार्मिक स्थलहरुका कारण पनि भक्तजनहरुको यहाँ बढी आकर्षण हुने गरेको छ ।
यहाँ नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय स्वयम् सेवकहरुले सुरक्षाको प्रबन्ध मिलाएका छन् ।

थप समाचार

ताजा खबर