वर्षाको कारणा मच्छिन्द्र र शेर्पाबीचको खेल एन्फा कम्प्लेक्समा सारियो

अखिल नेपाल फुटबल संघले सहिद स्मारक ए डिभिजन अन्तगर्त सातौं चरणको पहिलो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा खेलाउने भएको छ । आजका लागि निर्धारित एक मात्र खेलमा मच्छिन्द्र युवा क्लबले हिमालयन शेर्पा क्लबसँग भिड्दैछ ।
लगातारको वर्षाको कारण दशरथ रङ्गशालामा खेल सम्भव नहुने देखेपछि एन्फाले शुक्रबार नै तालिका फेरबदल गर्दै उक्त खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ । सातदोबाटोमा दुबै टोलीबीचको खेल अबको केही बेरमा सुरु हुँदैछ । एन्फाले यसअघि गत् मङ्गलबार सातौं चरणको खेल तालिका सार्वजनिक गरेको थियो । जस बमोजिम दुबै टोलीले दशरथ रङ्गशालामा खेल्ने तय गरिएको थियो । मच्छिन्द्र लिगको शिर्ष स्थानमा रहँदा शेर्पा अझै जितको पर्खाइमा छ ।
मच्छिन्द्रले छ खेलमध्ये चारमा जित र दुईमा बराबरी खेल्दै १३ अङ्क बटुलेको छ । मच्छिन्द्रसँगै त्रिभुवन आर्मीको पनि १३ अङ्क नै छ । मनाङ् मस्र्याङ्दीको १२ र थ्री स्टारको १० अङ्क रहेको छ ।