‘मिसेस नेपाल इन्टरनेसनल’का ३६ सुन्दरी

काठमाडौं । पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनलमा ३६ जना छानिएका हुन् ।

रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराएका छन्।

प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन्।

प्रतियोगिहरुलाई पूर्व प्रधानसेनापती रुक्माङगद कटुवाल, कलाकारहरु बिरेन्द्र हमाल, संचिता लुईटेल, व्युटिसियन सुष्मा महरा, शिक्षासेवी पुर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवत्ता तथा कलाकार कृष्ण ढुङ्गाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायि अनुप के बराललगायतबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन्।

प्रतियोगिताको बिजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन्। त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *