काठमाडौं । लोक दोहोरी गायक तथा कलाकार एलबी पुनको मृत्यु भएको छ ।
पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय बानेश्वर–कोटेश्वर समितिका सह सचिव समेत थिए ।
काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा पुनको मृत्यु भएको गायिका अमृता मगरले नागरिकखबरलाई बताईन्
गायक पुन सवार मोटरसाइकललाई आर्मीको गाडीले ठक्कर दिएको बताइएको छ ।