12.4 C
Parāsi
Thursday, January 16, 2025
spot_img

भारती सवारी साधनको सुबिधा कटौती गरेको बिरोधमा स्थानीयले भन्सारमा बुझाए ज्ञापन पत्र

महेसपुर, १४ भदौ। भारतीय सवारी साधनको सुबिधामा लगाइएको नयाँ नियमको स्थानीयले बिरोध गर्दै महेसपुर भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । भन्सार कार्यालयद्वारा भदौ १० गतेदेखि मोटरसाइकल तथा चार पाङ्ग्रे कार र बोलेरो जस्ता सानो सवारी साधनको बर्षमा ३० वटा सुबिधा र ३० वटा ३० भन्सार मात्र लिन पाउने कार्यालयको प्रावधानको स्थानीय बिरोध गर्दै पुरानै ब्यवस्था लागू गर्न कार्यालय मर्फत माथिल्लो सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन।

नवलपरासीको पाल्हीनन्दन गाउपालिका वडा १ का अध्यक्ष लल्लन यादब र वडा ४ का अध्यक्ष सन्जय पाठकको अगुवाइमा स्थानीय जनताहरुले नेपाल भारतको चेलीबेटी, रोटीबेटीको सम्बन्ध भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन। जिल्लाको सिमावर्ती छेत्रका अधिकान्स जनताहरु भारतीय मोटरसाइकल प्रयोग गर्दै आएका छन।

बिगतमा मासिक जतिपनी हातबाट काटीने सुबिधा ब्यवस्थालाई सम्बन्धित माथिल्लो निकायले हटाएर अबका दिनमा कम्पुटर बाट अनलाइन प्रणाली मार्फत बार्सिक ३० वटा भन्सार र सुबिधा दिने नियम लागू गरिएको भन्सारले जानकारी दिदै यसलाइ हटाउन माथिल्लो निकायमै पहल गर्नु पर्ने सुझाव दिएको छ। यश ब्यवस्थाबाट स्थानीय निराश भएका छन।

थप समाचार

ताजा खबर