11.3 C
Parāsi
Friday, December 13, 2024
spot_img

सामुदायिक बनमा थन्किएको बसेको काठको लिलाम प्रकृया अघि बढाउँछौं– मंत्री कलवार

परासी, ७ मंसिर ः वन तथा वातावरण मंत्री देवकरण प्रसाद कलवारले लामो समयदेखि विभिन्न वन समिति र वन कार्यालयमा रहेका काठलाई लिलाम गर्न प्रकृया अघि बढाउने बताएका छन् । गृह जिल्ला नवलपरासीको गुठिप्रसौनीमा आज पत्रकार भेटघाट कार्यक्रममा मंत्री कलवारले अब प्रदेशभरीबाट तथ्यांक संकलन गरेर त्यसलाई बिक्रि गर्ने प्रकृया अघि बढाउने बताएका हुन । उनले भने विभिन्न कारणले लिलाम हुन नसक्दा वर्षौदेखि करोडौंका काठ कुहिने अवस्थामा पुगेको बताउदै त्यसलाई छिट्टै नै प्रक्रिया ल्यार लिलाम गर्ने बताए । ‘एकातिर उपभोक्ताहरुले काठ पाएका छैनन् । अर्कोतिर वन समिति र कार्यालयहरुमा रहेका काठ कुहिने अवस्थामा पुगेका छन् । यसले राज्यलाई समेत करोडौं राजस्व घाटा भएको छ । ’मन्त्री कलवारले भने काठ लिलाम हुँदा बिचौलिया र ठेकेदारहरुको वर्चस्व हुने बताउँदै उनले पहिला उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिक्रि प्रकृया अघि बढाउने बताए ।
गृह जिल्ला नवलपरासीको गुठिप्रसौनीमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कलवारले सामुदायिक वनहरुले तिर्दै आएको करलाई समेत एकीकृत प्रणालीको माध्यमबाट अघि बढाउन आफूले पहल गर्ने बताए । ‘सामुदायिक वनहरुले अहिले तीन वटा सरकार र कर कार्यालयमा समेत छुट्टाछुट्टै कर बुझाउँदै आएका छन् । अब त्यसलाई एकै ठाउँबाट तिर्ने गरी व्यवस्था मिलाउन पहल गछौं । ’ मन्त्री कलवारले भने ।
प्रदेशको वन क्षेत्रको विकासका लागि आफूले १२ वटै जिल्लामा वनलाई कृषिसँग जोडेर कार्यक्रममा अघि बढाउने उनले बताए । त्यसका लागि आफूले खेती योग्य जमिनका छेउछाउ र खाली रहेका सार्वजनिक जग्गामा तारबार गरी वृक्षारोपण कार्यव्रmम अघि बढाउने बताए । वनलाई कृषि सँग जोडेर कार्यव्रmम गर्दा स्थानीयको आर्थिक अवस्थामा सुधार हुनुका साथै पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको असरलाई समेत कम हुनेमा उनले विश्वास व्यक्त गरे ।
फरक प्रसंगमा उनले आफू मन्त्री भएपछि कर्मचारीको सरुवा गरिदिनुप¥यो भन्दै आउने गरेको बताए । ‘ अहिले फलानो जिल्लाको डिएफओ र अधिकृतको सरुवा गरिदिनुप¥यो भन्दै आउने गरेका छन् । राम्रो काम गर्ने कुनै पनि कर्मचारीको भनसुनका आधामा सरुवा हुँदैन । निर्धक्क भएर काम गर्नुस ।’ कर्मचारीहरुलाई आश्वसान दिदैं मन्त्री कलवारको भनाई थियो ।

थप समाचार

ताजा खबर