12.6 C
Parāsi
Friday, December 13, 2024
spot_img

सुस्ताले गर्यो आ.व ०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत

नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम (मंगलबार) प्रस्तुत गरेको छ ।

सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश सरकारका उधोग,पर्यटन तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खडग बस्नेतको प्रमुख अतिथ्य्तामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को विशेषअतिथ्यतामा भएको सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभाको अवसरमा सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य,शिक्षा,खानेपानी तथा सरसफाइ जस्ता आधारभुत सेवामा सबैको समतामूलक पहुँच,कृषिको उत्पादन र उत्पादकत्वमा अभिबृद्दी,बजारको सर्वसुलभ पहुँच,बिकास,रोजगारी तथा स्वरोजगारीका अवसरको सिर्जना,मानव पुजीको निर्माण,आय असमानता तथा गरिबी न्यूनीकरण,दिगो विकास र पर्यावरणीय सन्तुलन तथा वातावरण संरक्षण,आन्तरिक पर्यटन प्रवर्द्धन,परम्परागत सास्कृतिक सम्पदाको संरक्षण र गुणस्तरीय र प्रबिधिमैत्री सार्बजनिक सेवा,संघीयताको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवर्द्धनलाई प्राथमिकता राख्दै पालिकाले निति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले प्रस्तुत गरेको आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रममा शिक्षा तर्फ थौरे बिद्यालय राम्रा बिद्यालय कार्यक्रम,सुस्तालाई चिनौ र चिनाउ अन्तर्गत कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रमलाई सम्पुर्ण बिद्यालयमा कार्यान्वयन गर्ने,बिद्यालयमै बढाऔ,बिद्यालयमामै पढाऔ अन्तर्गत माया छ उस्तै आमाको ,बिद्यालय जस्तै मामाको कार्यक्रम अन्तर्गत निशुल्क सन्दर्भ सामग्री सहित एल के जि कक्षा पढाईको सुरुवात गर्ने,एक बिद्यालय,एक योग शिक्षा कार्यक्रम लागू गर्ने,पुराना शिक्षकलाई सम्मान गर्ने नयाँ जनशक्तिलाई आमन्त्रण गर्ने मुल नारा सहित प्रोत्साहन अवकाश कार्यक्रम लागू गर्ने,खेलकुद तर्फ खेलकुद संगै जीवन हिडाउछु ,पालिकालाई देशभर चिनाउछु भन्ने नारा सहित पालिकामा सम्भाव्य खेलाडी प्रोत्साहन,खेलाडी विकास खेलाडी सम्मान कार्यक्रम लागू हुने,युवा रोजगार कार्यक्रम,लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता,छोरी सुनौलो भविष्य कार्यक्रम,उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम,जनतासंग जनप्रतिनिधि कार्यक्रम,एक घर एक धारा,हाम्रो गाउँ,सफा गाउँ,दुधमा आत्मनिर्भर,निर्यातमा प्रवर्द्धन,बिकास तर्फ सुस्ता नमुना ताल,अध्यक्ष नमुना सडक,मदरबाबा व्यवस्थापन जस्ता कार्यक्रम लागू गर्ने,भ्रष्टाचारमा शून्य सहनशीलता,सेवाको वरिपरि जनता नभइ जनताको वरिपरि सेवा र घर घरमा स्थानीय सरकार लगायतका बिषयलाई प्राथमिकता राखी निति तथा कार्यक्रम लागू गर्ने पालिकाले जनाएको छ ।

गाउँ सभाका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सरकारका उधोग,पर्यटन तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खडग बस्नेतले बजेट बनाउने हो बजेट बाड्ने होईन भन्दै हामी जनप्रतिनिधिहरुको सबैभन्दा नराम्रो पक्ष भनेको बजेट बनाउन भन्दा पनि मेरो वडालाई कति मेरो ठाउँमा कति भनेर बाड्ने काम गर्दछौ त्यही भएर बिकास निर्माण कार्यमा विभिन्न अवरोध हुने पनि यस्तै प्रवृत्तिको कारणले सृजना हुने गरेको बताए । मन्त्री बस्नेतले सुस्ता गाउँपालिकाले बनाएको निति तथा कार्यक्रमको प्रसंशा गर्दै निति तथा कार्यक्रमलाई पूरा हुने गरि बजेट निर्माण गर्न पनि सुस्ताका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

त्यसैगरी सभाका विशेषअतिथी एवं जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले सुस्ता गाउँपालिकालाई पर्यटन क्षेत्रमा बिशेश जोड दिएर अगाडि बढाउन पर्ने सुझाव व्यक्त गर्दै सुस्तामा बनेको नेपालको सबैभन्दा लामो झुलेङ्गे पुललाई एउटा पर्यटन क्षेत्रको हव बनाई प्रचारप्रसारमा जोड दिदै अगाडि बढाउन सुस्ताबासीसंग आग्रह गरेका छन् ।

थप समाचार

ताजा खबर