\
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना तथा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेशको सहकार्यमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ
। शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै बाझोपनको समस्या र बाख्राहरुमा किर्ना र निमोनियाको समस्या देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. प्रवेश सिंह कुँवरले जानकारी दिए ।
शिविरमा किर्ना देखिएका बाख्राहरुलाई खोप प्रदान गरिएको थियो भने बाँझोपन देखिएका पशुचौपायहरुलाई भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमा उपचारका लागि जान किसानहरुलाई सल्लाह दिइएको निर्देशनालय निमित्त निर्देशक कुँवरले जानकारी दिए ।
चार जना पशुचिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेको शिविरमा रोगको पहिचान गरी किसानहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १०, १६ र १५ नम्बर वडाका ३ सय घरधुरीका करिब १५ सय पशुचौपायको स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।