11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

शिक्षा क्षेत्रमा पूर्व मन्त्रि प्रधानको चासो।

परासी, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष एवं पूर्व कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्रि धु्रवबहादुर प्रधानले पश्चिम नवलपरासीको जेठो एवं पुरानो क्याम्पस पाल्ही बहुमुखी क्याम्पस प्रति आफ्नो चासो र चिन्ता रहेको बताउनूभयो ।
आफुले अहिले सम्म खासै कुनै पनि काम नगरेको बताउदै अब भने शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्नका लागि योजना बनाउने बताउनू भयो ।
आज पाल्ही बहुमूखी क्याम्पसमा आयोजित एक कार्यक्रममा उहाले क्याम्पसको जग्गालाइ भोगाधिकारमा ल्याउनको लागि पहल गर्ने बताउनू भयो । क्याम्पस सुधारका लागि आबश्यक पर्ने भौतिक तथा क्याम्पसको गूणस्तर सुधारको लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । यस क्षेत्र देखि बाहिर अध्यनका लागि जाने बिद्यार्थीहरुलाइ यहि अध्यनको लागि वातवरण मिलाउन र आबश्यक परेमा क्याम्पसलाइ जूनसुकै बखत पनि आफुले सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष राधेश्याम पाठक , क्याम्पस प्रमुख कैलाश ठाकुर र साहयक क्याम्पस प्रमुख दिपक अर्याल लगायत क्याम्पसका प्राध्यापक हरुले अ–आफ्ना भनाइहरु राख्नु भएको थियो ।कार्यक्रम क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष रधेश्याम पाठकको अध्यक्षता एवम माननिय श्री ध्रुव बहादुर प्रधानको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

थप समाचार

ताजा खबर