14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

सुनवल नगरपालिकाको आव ०७९/८० को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक

 

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।नगर पालिकाको ११ ऑ नगर सभामा नगरप्रमुख बिमला अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।

नगरको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले समाजिक विकासतर्फ नगर भित्रका महिलाहरुको सर्वाङ्गिण विकासका लागि नगर प्रमुख महिला उत्थान कार्यक्रम,नगरलाई ५ वर्ष भित्रमा पूर्ण रुपमा महिला हिंसामुक्त नगर घोषणा गरिने,हिंसापिडित महिलाहरुलाई संरक्षणका लागि सेप हाउस निर्माण,बालमैत्रि अभिलेखालय,वडामा समस्या ग्रस्त महिला उद्धार तथा संरक्षण र परामर्श कार्यक्रम संचालन,वडा तहमा महिला सेल गठन, विपन्न विद्यार्थिको उच्च शिक्षाका लागी नगर प्रमुख छात्रबृति कोष स्थापना,गरिवसंग उपमेयर कार्यक्रम,बडेरा,किर्तिपुर,बनाहा,हर्दिया र सिरानटोलमा नगर स्तरका खेल मैदान तयार गरिने,नगर खेलकुद समिति गठन,हरेक वडामा खेल मैदान र कम्तीमा २ वटा नगरस्तरीय कवर्डहल निर्माण कार्य अघि बढाईने,विपद पुर्व सुचना प्रणालीको बिकास गर्ने,नगरलाई हरियाली नगर र प्रदुषण मुक्त बनाउने बताउनुभयो।वडामा ध्यान केन्द्र संचालन,नगरमै डायलायसिस सेवा केन्द्र स्थापना,आगामी ५ वर्ष भित्र पूर्ण पोषणको सुनिश्चितता गरी सुनवललाई पोषणमैत्री नगरपालिका घोषणा गरीने,आगामी आव देखी ५ हजार लिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महसुल छुट गर्ने व्यवस्था र विपन्न वर्गका नागरीकहरुलाई नि:शुल्क धारा जडानको व्यवस्था,सुनवललाई ग्रिन सिटिको रुपमा विकास गर्न ग्रिन सुनवल क्लीन सुनवल कार्यक्रम संचालन तथा आगामी ४ वर्ष भित्र वातावरणमैत्री नगर निर्माण,वडा न. ४ मा दिर्घकालिन बहुउदेश्यिय ल्यान्डफिल साईट निर्माण कार्य प्रारम्ँभ गरिने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै आर्थिक विकासतर्फ रोजगारी प्रर्वधनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना,लघुउद्यम र उद्यमशिलता विकास सम्बन्धि कार्यक्रम संचालन, एक व्यक्ति एक तालिम एक व्यवसायको निति अवलम्बन गरीने छ। शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत ऋण तथा आर्थिक सहयोगका लागि बैक तथा वित्तीय सथा संग समन्वयन गर्ने,कृषि एम्बुलेन्सको व्यवस्था गर्ने,कृषि अनुदानलाई उत्पादनका आधारमा बैकिंग प्रणालीमा दीइने, तरकारी,फुल,च्याउ खेति पशुपालन,माछा एव मौरी पालनका पकेट क्षेत्रको रुपमा बिकास गर्ने  भित्र चाडपर्वमा हुने फुलको आयातलाई न्यूनिकरण गर्दै फुलमा आत्मनिर्भर बनाउने,खाने तेलमा आत्मनिर्भर बनाउने,महल पोखरी होमस्टेमा २ वटा नमुना होमस्टेको विकास तथा संचालन,विभिन्न पर्यटकिय,ऐतिहासिक,पुरातात्विक स्थलको संरक्षण र संर्वद्धन र पुनः निर्माण गरीने लगायत उल्लेख छ।

यस्तै पुर्वाधार क्षेत्रतर्फ नगर चक्रपथ निर्माण,नगरका महत्वपूर्ण स्नथानहरु फ्रि वाईफाई जोन बनाउने,योजना बैँक,दुर्घटना र अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थित र जनमैत्रि बनाउन नगरपालिका क्षेत्रभित्रका बजार तथा चोक चौराहामा सवारी पार्किङ्ग स्थलको व्यवस्था, विधुतीय सवारी साधनलाई प्रोत्साहन गर्ने  लगायतका रहेका छन्।यस्तै सुशासन तथा संस्थागत विकास तर्फ तत्कालै कार्य चापका आधारमा मुल्यांकन गरी वडा कार्यालयमा थप दरबन्दि सहित सेवा प्रवाह गरिने, विधि र कानुनको शासनलाई आत्मसाथ गर्दै सुशासन स्थापनाकोे लागि आवश्यक ऐन कानुनको तर्जुमा गरीने,छिमेकी नगरपालिका संग भएका सिमा सम्बन्धि समस्या समाधान गरिने र सुनवल नगरपालिकाको स्थिति पत्र तथा स्वतपत्र प्रकाशन  गरिने लगायत छन् ।

यस्तै राजस्व प्रसासन तर्फ स्थानिय आय स्रोत बृद्धिका लागि नदिजन्य बस्तु उत्खनन्,निकासी र विक्रि वितरणका लागि अध्ययन अनुसन्धानमा आधारित बैज्ञानीक विधि अवलम्बन गरिने,नदिजन्य प्राकृतिक स्रोतको दिगो उपयोग नीतिलाई कार्यान्वयन गरिने,करका दर र दायरा समयानुकुल समायोजन गरीने , नागरीकहरुले तिरेको कर र सोको खर्चलाई त्रैमासिक रुपमा सार्वजनिक गरिने व्यवस्था मिलाइने,सुनवलमा संचालित ठुला उद्योगहरुसंग स्थानिय विकास सहयोगीको रुपमा विकास निर्माणमा योगदान स्वरुप विकास सहायता लिईनेछ जसका लागी उद्योगीसंग समन्वय गरिने,अनलाईन कर तिर्ने,आफ्नो कर सम्बन्धि सम्पूर्ण जानकारी पाउने व्यवस्था मिलाइने लगायतका रहेका छन्।

त्यसैगरी नगरपालिकाले आव २०७९/८० का लागि ९६ करोड बरावरको बजेट ल्याएको छ। नगरको ११ औ नगरसभामा नगर बिमला अर्यालले ९६ करोड,३९ लाख, २६ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो। कुल बजेटको चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन भएको छ।आय तर्फ संघिय सरकार समानिकरण अनुदान,शर्शत अनुदान,विशेष अनुदान,समपुरक अनुदान र अन्य अनुदानबाट ४९ करोड, ९ लाख, प्रदेश सरकार समानिकरण अनुदान, शर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदानबाट ४ करोड ८२ लाख ८१ हजार,राजस्व बाडँफाडँबाट २२ करोड, १२ लाख ६८ हजार, आन्तरिक स्रोतबाट १४ करोड र गत वर्षको ६ करोड ३४ लाख ७७ हजार रहेको छ।

सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवे, प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराल,नगरका जनप्रतिनिधि,कर्मचारी,पत्रकार संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

थप समाचार

ताजा खबर