14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

सुनवल नगरपालिकाका युवाहरुलाई कृषिमा स्वरोजगार बनाउन कृषि तथा पशुस्वास्थ्य तालिम संचालन

सुनवल नगरपालिकाका युवाहरुलाई कृषिमा स्वरोजगार बनाउन कृषि तथा पशुस्वास्थ्य तालिम संचालन गरिएको छ । नगरपालिकाका ६० जना बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन एसेप परियोजना संचालन गरि कृषिमा विभिन्न तहको तालिम संचालन गरिएको हो । नगरपालिकामा कृषि स्वरोजगारको लागि साझेदारी परियोजना (एसेप) मार्फत नगरपालिकाका ति ६० जना युवाहरुलाई सैद्धान्तिक तथा प्रयोगत्मक रुपमा तालिम प्रदान गरि कृषिमै आयआर्जन गर्न प्रोत्साहन गरिने गरि शनिवार उक्त तालिमको समुदघाटन गरिएको हो । सुनवल नगरपालिकाको विशेष पहलमा यो अवसरमा नगरका युवायुवतीहरुलाई प्राप्त भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन, दक्षता टिभिईटी व्यवहारिकको सहयोगमा देउराली जनता प्राविधिक शिक्षालय बुटवलले संचालन गरेको ११ महिने उक्त तालिमको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले (भरत) एक कार्यक्रम बिच उद्दघाटन गर्नु भएको हो । देउराली जनता प्राविधिक शिक्षालय बुटवलको अध्यक्ष प्रकाश रानाको अध्यक्षता तथा नगर प्रमुख भरत थापाको प्रमुख आतिथ्यतामा भएको तालिम समुदघाटन कार्यक्रममा, देशमा कृषिको अवस्था र यसको सम्भाव्यता बारे सिटिभिटी सुदुरपश्चिमका डायरेक्टर डाक्टर कुश्माखर भट्टले प्रकाश पार्नु भएको थियो । उक्त तालिममा सुनवल नगरपालिका र दियालो कृषि सहकारी संस्था लिमिटेड सुनवल साझेदार संस्थाको रुपमा रहेको छ ।

तालिममा सहभागि नगरपालिकाका ति ६० जना युवायुवतीहरुले, सामुदायिक कृषि सहायक, सामुदायिक पशुस्वास्थ्य सहायक र कृषि जुनियर टेक्निसियन सहायक पदका लागि उक्त ११ महिने तालिम लिइने छन् । तालिममा ३ महिना थियरी र ८ महिना ओजेटिभ एवं प्रयोगात्मक रुपमा प्रशिक्षण दिईने तालिम प्रदायक संस्थाले जनाएको छ । नगरपालिकाको विभिन्न वडाबाट तालिमको लागि छनौटमा परेका ति ६० जना मध्ये २० जना सामुदायिक कृषि सहायक, २० जना सामुदायिक पशुस्वास्थ्य सहायक र २० जना कृषि जुनियर टेक्निशियन सहायकका लागि निशुल्क रुपमा प्रशिक्षण दिईने छ । कृषि तर्फ प्रमुख प्रशिक्षक नर बहादुर खडका, हिरा बहादुर सेन, सहायक प्रशिक्षक सुस्मा राई रहेकि छिन् भने पशुस्वास्थ्य तर्फ प्रमुख प्रशिक्षक बिमल ढकाल र सहायक प्रशिक्षक सुस्मा बमरेल रहेकि छिन् ।

बेरोजगारी न्युनिकरण र रोजगारीको अवसर सिर्जजना गरि समतामुलक र समावेशी आर्थिक विकास गर्ने यस तालिमको लक्ष्य रहेको छ । तालिमले कृषिमा रोजगारी तथा स्वरोजगारको अवसरहरु सिर्जना हुने, कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने, बैदेशिक रोजगारी निरुत्साहित गर्दै स्वदेशमै आर्थिक उपार्जन गर्न प्रोत्साहन गर्ने तालिमको उद्देश्य रहेको शिक्षालयका अध्यक्ष प्रकाश रानाले जानकारी दिनु भयो । यो परियोजना नवलपरासी सहित ८ जिल्लामा संचालित छ ।

तालिम समदुघाटन कार्यक्रममा नगर प्रमुख भरत थापाले तालिमका प्रशिक्षार्थिीहरुलाई तालिम लिएपछि यसलाई आफनो व्यवहारमा उतार्न आग्रह गर्नु भयो । उहाँले कृषि क्षेत्रको विकासले मात्रै सुनवल नगरमा समृद्ध नेपाल शुखी नेपालीको नारा पुराहुने विश्वास व्यक्त गर्दै कृषि क्षेत्रमा रहेको अवसरलाई छोप्दै आर्थिक उपार्जनमा केन्द्रित हुन युवाहरुलाई सुझाव दिनु भयो । नगरपालिकाले नगरभित्र हुने कृषि उपजको बजार व्यवस्थापन गर्न, विउबिजन, मलखादमा अनुदान र प्राविधिक सहयोग समेत गर्ने विश्वास व्यक्त गर्नु भयो । तालिमले नगरमा दक्षजनशक्ति बढने र प्रशिक्षार्थीले यसलाई व्यवहारमा उतार्दै कृषि पेशा अंगालेमा रोजगारीको सृजना संगै उसको आर्थिक स्तर पनि मजबुद हुदै जाने बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख दधिराम अर्यालले, यस तालिमबाट कृषिमा दक्षजनशक्तिको उत्पादन बढने र कृषि उत्पादन पनि बढने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा त्रिभुवन युनिभरसिटीका उपप्रध्यापक डाक्टर मुक्ति पौडेल, नगरपालिका वडा ३का अध्यक्ष कर्ण बहादुर सेन, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, प्रमुख प्रशिक्षक नर बहादुर खडका लगायतले प्रशिक्षार्थीहरुलाई तालिम लिईसकेपछि व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

थप समाचार

ताजा खबर