बुटवल ।
स्थानीय सरकारले विद्यालय तहमा स्थायी पाठ्यक्रमसहितको पाठ्यपुस्तक कार्यान्वयनमा जोड दिएका छन् । विद्यालय तहबाटै स्थानीयस्तरको विषयमा जानकारी गराउने उद्देश्यसहित यस्तो पाठ्यक्रम निर्माण गर्ने गरिन्छ । यो पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय भूगोल, सम्पदा, परम्परा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो ।
बुटवल उप–महानगरले स्थानीय पाठ्यक्रम अनुरूपमा कक्षा ५ सम्मको नयाँ पाठ्यपुस्तक तयार पारेको छ । यो पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि लागू भइरहेको छ । गत असारदेखि नै विद्यालयहरूमा पठन पाठन भइरहेको पाठ्यक्रमअन्तर्गतका पुस्तकहरू तयार पार्दै मंगलबार सार्वजनिक गरिएको छ ।
पाठ्यपुस्तक सार्वजनिक गर्दै प्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्राप्तीका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउनेगरी पाठ्यपुस्तक तयार पारिएको बताए ।
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमहरूको सत्यापन गरी आवश्यकताअनुसार विषयवस्तु छनौट गरी तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए । स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउँदै माटो अनुरूपको उचित शिक्षाको खाँचो रहेको उल्लेख गर्दे प्रमुख सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्व झल्काउनेगरि पुस्तक बनाइएको बताए ।
बुटवलको पाँच वर्षे शैक्षिक योजनाअन्तरगत सबै सामुदायिक विद्यालयहरूलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरूलाई समेत पाठ्यक्रममा समेटिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरूको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । सोही कार्यदलले ०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो । यो एक सय पूर्णाङ्क पाठ्यपुस्तक हो ।
सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई मंगलबार सार्वजनिक गरिएको हो । स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकहरू बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरूमा पढाई हुनेछ । यसका लागि उप–महानगरपालिकाले विद्यालयका प्राचार्यहरूलाई अभिमूखिकरण गरिसकेको छ । मंगलबार उपमहानगरमा सुरक्षा मापदण्डसहित आयोजना गरिएको संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उप–प्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक बुद्धिसागर भट्टराई र केही लेखकहरूले संयुक्त रूपमा पाठ्यपुस्तक सार्वजनिक गरेका थिए ।
बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरू, हाम्रो संस्कृति, हाम्रो आश्था, संघसंस्थाहरू, योग र प्राकृतिक चिकित्सा तथा जडीबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर कक्षा १ देखि ५ सम्म पठनपाठन गराउनेगरी पाठ्यपुस्तक तयार पारेर सार्वजनिक गरिएको हो ।
कक्षा ६–८ का लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उप–महानगरका शिक्षा, स्वास्थ्य, तथा जनशंख्या प्रमुख मित्रमणी खनालले जानकारी दिए ।
प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा लिएर सोही अनुरूपका पाठ्यक्रम र पुस्तक तयार पारिएको खनालले बताए ।
पञ्चवर्षीय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रूपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयहरूलाई सेक्टर वेसमा समायोजन गर्दै लैजाने बुटवलको योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । उत्पादनमूलक, व्यवसायिक र प्राविधिक शिक्षा
बुटवल उप–महानगरपालिकाले आगामि पाँच वर्षभित्र बुटवल उपमहानगरपालिकामा शिक्षा प्राप्त गर्न सक्ने उमेर समूहका प्रत्येक बालबालिका, व्यक्ति र समुदायलाई उत्पादन मूलक, व्यवहारिक तथा सीपयुक्त, व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच पु¥याउने दूरदृष्टि लिएको छ ।
सोही दुरदृष्टि अनुरूपका पाठ्यक्रम तयार पारिएको उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिए ।
दुरदृष्टिसहितको बुटवल नगर शिक्षा योजना
मुलुकमै पहिलो पटक विशेषज्ञहरूको संलग्नता गराई बुटवल उप–महानगरपालिकाले ‘बुटवल नगर शिक्षा योजना’ तयार पारेको थियो । आगामी पाँच वर्ष भित्रमा प्रत्येक बालबालिका, व्यक्ति र समुदायलाई उत्पादनमूलक तथा व्यवहारिक शिक्षाको पहुँच पु¥याउने दूरदृष्टि राख्दै ‘बुटवल शिक्षा योजना’ बनाएको थियो । उत्पादनमूलक तथा व्यवहारिक, सिपयुक्त व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच सबैमा पु¥याउने योजनाको दूरदृष्टि रहेको प्रमुख शिवराज सुवेदीले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएको वर्तमान शिक्षाको व्यवस्थापन र गुणस्तरीयताको चुनौतिलाई सामना गर्दै विकसित भइरहेको नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा जेष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकताअनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६÷७७ देखि २०८०÷८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागितामा तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए ।
सरोकारवाला सबैको अपनत्व
नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतिहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नका निमित्त प्रदेश तथा यस नगरपालिका सम्बद्ध जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा सीपमूलक शिक्षण संस्थाहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्वद्ध शैक्षिक संस्थाहरूको अन्तत्र्रिmया, छलफल सम्पन्न गर्दै शिक्षा योजना र पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।