22.1 C
Parāsi
Sunday, November 28, 2021
spot_img

सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका भन्छिन्– खेलाडीलाई जीविकोपार्जनको समस्या छ

‘होइन,’ सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईले प्रस्ट्याइन्, ‘पहिले–पहिले मूर्खले खेल्ने खेल भनिए पनि कराते आत्मसुरक्षाका लागि खेलिने खेल हो । यो टेक्निकल खेल हो । कराते टेक्निक र ट्याक्टिसले खेलिन्छ ।’

कराते ‘स्मार्ट पर्सन’ ले खेल्ने खेल हो भनेर राईले गौरव गरिन् । त्यसो भए ‘स्मार्ट पर्सन’ ले खेल्ने करातेतिर उनी कसरी आकर्षित भइन् ? ‘करातेबारे मलाई ज्ञान थिएन । करातेप्रति अभिरुचि पनि थिएन,’ उनले वास्तविकता सुनाइन्, ‘क्षामा बिमला राई र बुवा शुक्र राईले मलाई कराते खेलाडी बनाउन चाहनुहुन्थ्यो ।’

नभन्दै क्षामाले खोटाङ सदरमुकाम दिक्तेलमा रहेको कराते डोजोमा भर्ना गरिदिइन् । ‘शुक्रबारको दिन थियो,’ उनले अतीत सम्झिन्, ‘क्षामाले सुदीप दाइ, सुजन भाइ र मलाई डोजोमा पु¥याउनुभयो । म स्कट लगाएर डोजो पुगेकी थिएँ । दाइ र भाइलाई जस्तो मलाई खेल्न सजिलो थिएन । स्कट लगाएकी मैले किक, पन्च कसरी हानें, त्यति सम्झना छैन । तर, म कराते तालिममा सहभागी भएँ ।’

तालिमले निरन्तरता पायो । करातेका मुख्य गुरु विचारी तामाङ र गोपाल राई थिए । तर, उनले रोहित राईसँग कराते सिकिन् । एकैदिनदेखि डोजो धाउन थालेका सुदीप दाइ र सुजन भाइले बीचमै छाडे । ‘सुजन भाइ ओरेन्ज बेल्ट हुन्,’ उनले थपिन्, ‘भाइ डरपोक थिए । स्पाइरिङमा कुटाइ खाएपछि खेल्न छाडे । ब्राउन बेल्टधारी दाइले विविध कारणवश खेल्न छाडेर मलाई सघाउन थाल्नुभयो ।’

‘सुजन भाइ ओरेन्ज बेल्ट हुन्,’ उनले थपिन्, ‘भाइ डरपोक थिए । स्पाइरिङमा कुटाइ खाएपछि खेल्न छाडे । ब्राउन बेल्टधारी दाइले विविध कारणवश खेल्न छाडेर मलाई सघाउन थाल्नुभयो ।’

सिक्ने र खेल्नेक्रम जारी रह्यो । त्यतिबेला राष्ट्रिय खेल खेल्न त्यति सजिलो थिएन । जिल्ला र अञ्चलस्तरीय खेलेपछि मात्रै राष्ट्रियस्तरको खेल खेल्न पाइन्थ्यो । उनी त्यसरी नै खेल्दै गइन् ।

संवत् २०६४ मा पहिलोपटक ‘नेसनल गेम’ मा सहभागी हुँदा काता र कुमेतेमा तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो । उनी त्यतिबेला १५ वर्षकी थिइन् । पूर्वाञ्चलको नेतृत्व गर्दै सहभागी उनलाई सानै उमेरमा पदक हात पारेको भन्दै खोटाङले विशेष सम्मान गरेको थियो ।

कराते अरू पनि छन् । उनले सितोरिया कराते नै किन रोजिन् ? ‘खोटाङमा त्यतिबेला र हिजोआज पनि सितोरिया करातेमात्रै छ,’ उनले जानकारी गराइन्, ‘त्यसैले सितोरियो कराते नै सिकें । यसलाई नै निरन्तरता दिएँ ।’

तर, अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्न थर्ड डान हुनैपर्छ । उनले नेपालबाहेक भारत, श्रीलंका, थाइल्यान्डमा कुशलतापूर्वक रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् ।

सितोरियो करातेकी फोर डान शेशुका राई राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । राष्ट्रियस्तरको रेफ्री बन्न ब्ल्याक बेल्ट भए पुग्छ । तर, अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्न थर्ड डान हुनैपर्छ । उनले नेपालबाहेक भारत, श्रीलंका, थाइल्यान्डमा कुशलतापूर्वक रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् ।

‘अन्तर्राष्ट्रिय रेफ्री भए पनि मेरो नियमित आयस्रोत हुँदैन,’ उनले हाकाहाकी भनिन्, ‘जब–जब खेल आयोजना गरिन्छन्, त्यतिबेला हामीलाई बोलाइन्छ ।’ त्यसबाहेक कतिपय स्कुल तथा फिटनेस क्लबतिर प्रशिक्षकको भूमिकामा छन् । पहुँच हुनेहरू स्पोर्टस् काउन्सिलतिर प्रतिभा प्रस्फुटन गरिरहेका छन् । त्यसबाहेकले नाम र सम्मानमा चित्त बुझाउनुपरेको छ ।

करातेमा टेन डानसम्म हुन्छ । सितोरियो करातेमा सेभन डान लिने नेपाली खेलाडी मदनकुमार उप्रेती हुन् । शेशुकालाई त्यतिसम्म पुग्न कति समय लाग्ला ? ‘डान अपग्रेड गर्न आफूले मिहिनेत गरेरमात्रै हुँदैन । आर्थिक पाटो मजबुत हुनुपर्छ । प्रत्येक चार–चार वर्षमा डान ‘अपग्रेड’ गर्न पाइन्छ । नेपालमा थर्ड डानसम्म पाइन्छ । त्यसबाहेक डान ‘अपग्रेड’ का लागि विदेश जानुको विकल्प छैन । चाहेर पनि सबैले विदेश गएर डान ‘अपग्रेड’ गर्न सक्दैनन् ।’

एक खेलाडीलाई खेलकुदसँग सम्बन्धितमात्रै हिसाब–किताब गर्ने हो भने मासिक खर्च कति लाग्ला ? ‘डाडट पेल्नुप¥यो । तालिम गर्नुप¥यो । खेलाडीले प्रशस्त खानुपर्छ,’ उनले चित्त बुझाइन्, ‘तर, अपवादबाहेक नेपाली खेलाडीले चना, अन्डा, दूध, दहीमै चित्त बुझाउनुपरेको । मजस्ताले राष्ट्रियस्तरसम्मको खर्च धान्न सकेकी छु । अन्तर्राष्ट्रियस्तरको हकमा गाह्रो हुन्छ ।’

खेलाडीले प्रशस्त खानुपर्छ,’ उनले चित्त बुझाइन्, ‘तर, अपवादबाहेक नेपाली खेलाडीले चना, अन्डा, दूध, दहीमै चित्त बुझाउनुपरेको । मजस्ताले राष्ट्रियस्तरसम्मको खर्च धान्न सकेकी छु । अन्तर्राष्ट्रियस्तरको हकमा गाह्रो हुन्छ ।’

राईको दुःखेसो सुनेपछि नेपाली खेलाडीलाई त्यत्तिकै चुनौती छ । तर, उनी चुनौतीसँग सिंगौरी खेलिरहेकी छन् । चुनौतीमा आनन्द लिइरहेकी छन् । रमाइरहेकी छन् । त्यहाँदेखि यहाँसम्म आउँदा कराते खेलमा व्यापक परिवर्तन भएको छ । पहिले–पहिले करातेलाई ‘फुल कन्ट्याक’ खेल भनिन्थ्यो । हिजोआज त्यसरी खेलिँदैन । ‘फुल कन्ट्याक’ मा खेलिने कराते ‘सेमिकन्ट्याक’ सीमित छ ।

‘स्कोर’ का आधारमा खेल जितिन्छ । हारिन्छ । त्यसो भए करातेमा ‘स्कोर काउन्ट’ कसरी गरिएला ? ‘टाउको अघि र पछि किकले लाग्दा ३ नम्बर आउँछ । चेस्टदेखि कम्मरमाथिसम्म प्रहार गर्दा २ नम्बर पाइन्छ । फेसमा टच नगरी पन्च हान्दा १ नम्बर पाउने प्रावधान छ,’ उनले भनिन्, ‘टच गरे पेनाल्टी पाइन्छ । शरीरको सात ठाउँमा प्रहार गर्दा नम्बर आउँछ भनेर ६ वटा क्राइटेरिया हुन्छ ।’ उनले भने जहिल्यै ‘टु स्कोर’ धेरै पाउँथिन् । त्यसो भन्दैमा ‘थ्री स्कोर’ पाउँदै नपाउनेचाहिँ होइन ।

क्षामा र बुवाको सपना फुल्दै गएको छ । फुल्दै गरेको सपनामा क्षामा र बुवा कम्ती खुसी छैनन् । ‘ही इज ह्याप्पी,’ बाबाको प्रसंग नसक्दै उनले क्षामाको प्रसंग जोडिन्, ‘सी इज प्राउड ।’

क्षामा र बुवाको सपना फुल्दै गएको छ । फुल्दै गरेको सपनामा क्षामा र बुवा कम्ती खुसी छैनन् । ‘ही इज ह्याप्पी,’ बाबाको प्रसंग नसक्दै उनले क्षामाको प्रसंग जोडिन्, ‘सी इज प्राउड ।’

अपवादबाहेक खेलाडीको जीविकोपार्जन त्यति सजिलो छैन । शेशुका राईको हकमा त्यस्तो समस्या नभए पनि समग्र खेलाडीको अवस्था उकासिएको छैन । ‘मापदण्ड बनाएर सरकारले खेलाडीलाई उकास्नुपर्छ,’ उनको सुझाव छ, ‘खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको तालिम बढाउनुपर्छ । वल्र्ड कराते फेडेरेसनले प्रत्येक ६–६ महिना नियम परिवर्तन गरेको हुन्छ । अपवादबाहेकका नेपाली खेलाडीले आत्मसात् गर्न पाउँदैनन् । इन्टरनेटबाट किताब डाउनलोड गरेर अध्ययन गरेको भरमा करातेसम्बन्धी ज्ञानको भण्डार भरिँदैन ।’

त्यो त भयो ज्ञानगुनका कुरा । त्योभन्दा जटिल मानिन्छ जीविकोपार्जन । ‘खेलकुदमा लागेकाले जीविकोपार्जनका लागि खेलाडीको स्तर हेरेर सरकारले तलब–भत्ता व्यवस्था गर्नुपर्छ,’ उनको भनाइ छ, ‘निजामती कर्मचारी बन्न लोकसेवा आयोग परीक्षा पास गरेझैं खेलाडीलाई समेत त्यस्तै मान्यताप्राप्त मापदण्ड बनाएर खेलकुद विधामा जागिरे बनाउनुपर्छ ।’

करातेको अन्तर्राष्ट्रिय रेफ्रीमात्रै भनियो भने खेलाडी शेशुका राईको परिचय अधुरो रहन्छ । खेलाडी राई नायिकासमेत हुन् । उनले चलचित्र ‘द डार्क एन्ड लाइट’ मा नायिकाको भूमिका निर्वाह गरेकी छन् । २ घन्टा ४५ मिनेटको चलचित्रमा अभिनय गरिसकेपछि उनलाई म्युजिक भिडियो र छोटो चलचित्रको अभिनय भिन्नता खुट्याउन सक्ने भएकी छन् ।

करातेले गर्दा उनले चलचित्र ‘द डार्क एन्ड लाइट’ मा नायिकाको भूमिका पाइन् । ‘झम्के मायालु’ नामक म्युजिक भिडियोबाट थालेको अभिनय यात्राले मूलबाटो समातिसकेको छ । उनले अहिलेसम्म ११ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

‘कराते खेलाडी भएकाले अभिनयका लागि ९८ प्रतिशत सपोर्ट हुन्छ । करातेमा नलागेको भए म अभिनयमा आउँदिनथें,’ अभिनयमा आउनुको पृष्ठभूमि कोट्याउँदै उनले भनिन्, ‘कराते सिक्दै जाँदा बुवाले एक्सन मुभी देखाउनुहुन्थ्यो । त्यसपछि मैले पनि एक्सन मुभी खेल्ने सपना देख्न थालें । उच्चशिक्षाका लागि काठमाडौं पसेपछि मुभीका लागि एक्सनमात्रै नभएर अभिनय पनि चाहिन्छ भन्ने ज्ञात भयो ।’

करातेले गर्दा उनले चलचित्र ‘द डार्क एन्ड लाइट’ मा नायिकाको भूमिका पाइन् । ‘झम्के मायालु’ नामक म्युजिक भिडियोबाट थालेको अभिनय यात्राले मूलबाटो समातिसकेको छ । उनले अहिलेसम्म ११ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

६–७ वटा ‘सर्ट मुभी’ मा उनको कुशल अभिनय देख्न सकिन्छ । ठूलो पर्दाको चलचित्र, छोटो चलचित्रभन्दा म्युजिक भिडियोमा अभिनय गर्न आनन्द लाग्ने उनको भनाइ छ ।

थप समाचार

ताजा खबर