26.1 C
Parāsi
Sunday, June 20, 2021
spot_img

सरावलमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण

परासी ,२८ जेष्ठ ।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नकाे लागि हिजो माहुरीकाे घार वितरण गरिएको छ मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीकाे घार वितरण गरिएको हाे ।

गाउँपालिका भित्रीका माहुरी पालक किसानहरुलाई करिब ५० वटा माहुरीकाे घार वितरण गरिएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबर पात्राेलाई जानकारी दिए । सरावल गाउँपालिकाले कृषि क्षेत्रमा किसानहरुलाई अात्मनिर्भर बनाई ब्यावसायिक र अाधुनिकरण कृषि क्षेत्र तर्फ किसानहरुलाई जागरुक गराई माहुरी पालक किसानहरुलाई माहुरी पालनमा सुबिधा युक्त तरिका बाट मह उत्पादन गर्नका लागि किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पाैडेल र पालिका भित्रका माहुरी पालक किसानहरुकाे उपस्थितिमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको थियो ।

थप समाचार

ताजा खबर