28.1 C
Parāsi
Tuesday, October 26, 2021
spot_img

वार्ड अध्यक्ष र सदश्यले दिए बाढीपीडितलाई १ महिना बराबरको तलब

भाद्र १७ , परासी ।

नवलपरासी भदौ ११ मा देश भरि आएको अबिरल बर्षा लगायत बाढीका कारण अधिकांश भुभाग जलमग्न बन्यो । बाढीले रामग्राम नगरपालिकामा सबैभन्दा बढी क्षति पुग्यो ।यसै क्रममा परासी रामग्राम नगरपालिका वार्ड न ६ का वार्डका बाढी प्रभावितमा परी पीडित भएकाहरुलाई वार्ड अध्यक्ष र सदश्यले १ महिना को तलब ७४ हजार सहयोगस्वरुप प्रदान गर्ने भएका छन् ।
नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको उचित व्यवस्था गर्न उक्त रकम सहयोग गरिएको रामग्राम नगरपालिका वार्ड न ६ का वार्ड अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरीले बताए ।
उनले रामग्राम ६ लगायतका स्थानमा प्राकृतिक प्रकोपमा परेकाहरुप्रति गहिरो दुःखसमेत व्यक्त गरेको छन् ।

थप समाचार

ताजा खबर