बर्दघाट जेष्ठ ,२६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरलाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियान सुरु गरेको छ ।
आधारभूत स्वास्थ्य र सुरक्षित मातृत्य एवं प्रसुती सेवालाई नगरपालिका भर बिस्तार गर्दै नगरलाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियानमा नगरपालिका जुटेको हो ।
नगरका १८ वडामध्ये अहिलेसम्म सोही अभियानअन्तरगत १३ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकेको बर्दघाट नगरपालिकाका स्वास्थ्य प्रमुख माधव ज्ञवालीले बताए । यसै आर्थिक वर्षमा नगरलाई पूर्ण सुत्केरी नगरघोषणा गर्ने लक्ष्य लिएको भएपछि कोभिड–१९ का कारण केही समस्या देखिएको नगरप्रमुख घिरज शर्मा बस्यालले बताए ।
घरमा सुत्केरी गराउँदा आमा तथा नवजात शिशुको स्वास्थ्य जोखीम हुने र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा
आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार आउने र मातृ तथा बालमृत्यृ दर घटाउनका लागि टेवापुग्ने भएका कारण पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियान सुरु गरिएको प्रमुख शर्माले बताए ।
नगरले अभियानअन्तरगत सुत्केरी हुनुअघि २ पटक भिडियो एक्स रे, सुत्केरी हुन जान एम्बुलेन्स सेवा, सुत्केरी भएर स्वास्थ्य संस्थामा बस्दा सुत्केरी र कुरूवालाई खाना, सुत्केरी भएपछि ५ हजार पोषण खर्च र २ पटक घरमा गएर आमा र नवजात शिशुको स्वास्थ्य जाँच तथा परामर्स निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले अभियानअन्तरगत ९५ प्रतिसत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका वडालाई मात्र पूर्ण सुत्केरी वडा घोषणा अभियानको नीति लिएको स्वास्थ्य प्रमुख ज्ञवालीले बताए । बर्दघाट नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियान सञ्चालन गर्ने पहीलो नगर भएको नगरप्रमुख शर्माले बताए । उनका अनुसार बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान समेत सुरु भैसकेको हुँदा पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियानको आवश्यक्ता रहेको बताए ।