30.9 C
Parāsi
Friday, September 24, 2021
spot_img

रामग्राम नगरपालिका द्वारा नगर क्षेत्रका ४२ जना विद्यार्थीलाई मेयर छात्रवृत्ति प्रदान।

परासी, २ साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका गरीब, जेहेन्दारतथा उत्कृष्ट विद्यार्थीहरुलाई मेयर छात्रवृत्ति प्रदान गरेको छ । हिजो नगरपालिकामा आयोजित एक समारोहमा नगर क्षेत्रका आधारभूत विद्यालयका ३२ जना र मावि तहका १० जना विद्यार्थीलाई मेयर छात्रवृत्ति प्रदान गरिएको हो।


नगरपालिकाले स्थापना गरेको ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत नगर क्षेत्रका ४२ जना गरिब, जेहेनदार तथा उत्कृष्ट विद्यार्थीलाई रकम प्रदान गरिएको छ । सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका ३२ जना विद्यार्थीलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

यसै बीच कोरोना महामारीका कारण वैकल्पिक विविध अनलाइबाट कक्षा सञ्चालनमा सहयोग पु¥याउन रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयलाई ३८ लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यसमध्ये १९ लाख वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न र १९ लाख रुपैयाँ स्वास्थ्य सामग्री खरिदका लागि उपलब्ध गराइएको हो ।


कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन हुन नसकेपछि नगरका विद्यालयलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्न आवश्यक पर्ने १९ लाख ६ हजार रुपैयाँ उपलब्ध गराइएको नगर शिक्षा शाखाका अधिकारी रुद्रप्रसाद रेग्मीले बताए । सो रकमबाट शिक्षकले मोबाइलमा प्रत्येक महिना रिचार्ज गर्ने छन् । उक्त रकम ३ महिनाका लागि हो । नगर क्षेत्रमा रहेका ३२ सामुदायिक विद्यालयमा ९ हजार ४ सय ६८ विद्यार्थी अध्ययनरत छन् । रिचार्ज गर्न प्रत्येक महिना एक विद्यार्थीका लागि १ सय २९ रुपैयाँ खर्च हुनेछ । नगरपालिकाले १ सय २५ रुपैयाँका दरले रकम दिएको हो । बाँकी ४ रुपैयाँ अभिभावकले व्यहोर्नु पर्नेछ ।यो डाटा प्रयोग गर्दा शिक्षकलाई सिमकार्ड निशुल्क उपलब्ध हुनेछ । त्यसैगरी विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सामग्री खरिद गर्न १८ लाख ९३ हजार छुट्टाइएको छ ।
कोरोना संक्रमणका कारण अझै पनि विद्यालय खुल्न नसक्ने अवस्थामा रहेकाले उपलब्ध गराइएको रकमले अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग मिल्ने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
अनलाइनबाहेक अन्य वैकल्पिक तरिकाले पढाइ सञ्चालन गर्न सहजीकरण पुस्तिका समेत विद्यार्थीलाई उपलब्ध गराएर पढाइलाई निरन्तरता दिने प्रयास गरिएको नगर प्रमुख गुप्ताले बताए ।
समारोहमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।
२०७६ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत लगनशील विद्यार्थीको मनोबल उच्च बनाउन
सम्बन्धित विद्यालयहरुकै सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । उक्त
अवसरमा नगर प्रमुख गुप्ताले आर्थिक अभावका कारण शैक्षिक सामग्री किन्न नसकेर अध्ययन
प्रभावित भएका विद्यार्थीलाई छात्रवृत्तिको माध्यमबाट प्रोत्साहित गर्दै अध्ययन प्रभावकारी
बनाउने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुदृढीकरणका लागि
नगरपालिकाले विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । उहाँले उच्च शिक्षामा पनि वि
प्रोत्साहन गर्न छात्रवृत्तिको कार्यक्रम तय गरिएको उल्लेख गर्नुभयो । प्राविधिक शिक्षा तथा
वैकल्पिक शिक्षण सिकाईलाई पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाई थियो ।
नगर उपप्रमुख रम्भा कुंवरले नगरका सामुदायिक विद्यालयको सुधारमा नगरपालिका केन्द्रित रहेको
बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने
बनाउन सकिने भएकोले शिक्षक र विद्यालयको पूर्वाधार महत्वपूर्ण हुने बताउनुभयो ।
उक्त अवसरमा कक्षा ९ देखि १२ सम्मका १० जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि २८ हजार प्याकेट सेनेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ । नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति कार्यक्रममा उपप्रमुख रम्भा कुँवर, पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, नगर शिक्षा समिति सदस्य अरविन्दकुमार पाठक, करमैनी राष्ट्रिय माविका प्रअ यार मोहम्मद खाँनले नगर क्षेत्रको शैक्षिक विकासबारे प्रकाश पारेका थिए ।

थप समाचार

ताजा खबर