28.1 C
Parāsi
Tuesday, October 26, 2021
spot_img

रामग्राम नगरपालिकाले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनायो

२९ साउन २०७८ परासी
हिजो नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँएको छ ।

‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँएको हो ।

दिवसकै अवसरमा हिजो रामग्राम नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। हिजो भएको निबन्ध लेखन प्रतियोगिता र साउन २७ गते भएको बक्तित्वकलाका बिजेताहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा विभिन्न वार्ड बाट १३ जना प्रतिस्पर्धी सहभागी भएका थिए । नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रममा बक्तित्वकला प्रतियोगिता तर्फ बाट रामग्राम नगरपालिका वडा नं ५ की प्रीती बानिया प्रथम त्यस्तै गरि रामग्राम ३ की सृष्टी पौडेल द्धितीय र रामग्राम २ की गोमा अग्रहरि तृतीय भएका छन । प्रथम द्धितीय र तृतीयलाइ क्रमश रु ३०००, २००० र १००० पूरस्कार बितरण गरिएको छ । त्यस्तै साउन २७ गते आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेहरु क्रमश रामग्राम १२ की शुसिला यादब रामग्राम ३ का बिश्वजित गूप्ता र रामग्राम १४ का देबेन्द्र उपाध्यय लाइ ३०००, २००० र १००० का दरले पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमको स्वागत मन्तब्य नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मीले गर्नु भएको थियो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

 

थप समाचार

ताजा खबर