22.1 C
Parāsi
Sunday, November 28, 2021
spot_img

रामग्राम नगरपालिकाकाे जाेकवारमा दुर्गा मन्दिर निमार्ण ,नरेन्द्र कुमार गुप्ताले गरे उद्घाटन

परासी २६ असाेज ।

     पश्चिम नवलपरासीमा सप्तमी काे दिन पारेर दुर्गाकाे मुर्ति सहितको मन्दिर निमार्ण गरिएकाे छ ।
स्थानीय अगुवाहरूकाे पहलमा पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकाकाे वडान ९ स्थित जाेकवार गाउँमा दुर्गा मन्दिर निमार्ण गरिएकाे हाे ।


रामग्राम नगरपालिकाको एघार लाख ,वडाकार्यालयको तीन लाख ,र आम जनसमुदायमा ५००० भन्दा बढी रकम ८४ जनाबाट र ५००० भन्दा कम १२० जना बाट गरी करिब ५ लाख चन्दा संकलन गरि गरि कुल १९ लाख लगतमा उक्त दर्गाकाे मन्दिर निमार्ण गरिएकाे वडान ९ वडाअध्यक्ष सुनिल कुमार पाठकले जानकारी दिए।


रामग्राम नगरक्षेत्रकाे धार्मिक पर्यटन संस्कृति र बिकास निर्माणकाे सहयाेगमा तत्पर रहेकाे नगरप्रमुख गुप्ताले बताए ।उनले मन्दिर निर्माण गरेमात्र जिम्मेवारी पूरा हुदैन यसकाे संरक्षण र प्रबर्द्धनमा गर्नमा उत्तिकै जिम्मेवार साथ लाग्न जरुरी रहेकाे गुप्ताले बताए ।
स्थानीय नौका महताने परिवार जोकवारले आफ्नो निजि जग्गामा करिब १ कठ्ठा क्षेत्रफलमा मन्दिर निमार्ण गर्ने जग्गा दान दिएका छन ।

थप समाचार

ताजा खबर