26.6 C
Parāsi
Tuesday, October 26, 2021
spot_img

तस्करी गर्न नपाएपछि सशस्त्र पोष्टमा आक्रमण

परासी, २३ बैशाख ः

भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार आक्रमण भएको छ । आक्रमण गर्ने भारतबाट अवैध रुपमा नेपालतर्फ विभिन्न सामान ओसारपसार गर्ने कारोबारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
धानको बीउ किन्न सीमावर्ती भारतीय बजारमा जान पाउनु पर्ने निउँ निकालेर उनीहरुले पोष्टमाथि ढुंगामुडासहित आक्रमण गरेका हुन् । ढुंगामुडा गर्ने अधिकांश व्यक्ति विगतमा भारतबाट अवैध सामान भित्राउने कारोबारीहरु रहेको स्थानीयले बताएका छन् । राती ९ बजेको समयमा आएका ५०÷६० जनाको समूहले बीउको बहाना निकालेर पोष्टमाथि ढुंगामुडा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए । ढुंगामुडा हुन थालेपछि शसस्त्र प्रहरीले लाठी चार्ज गरी भिडलाई तितर बितर पारेको थियो ।
ढुंगामुडा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत पोष्टमा थिए । उनी सीमा क्षेत्रको अवलोकन गरेर थप जानकारी लिन पोष्ट पुगेका थिए । जिल्लाका किसानहरुले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् । हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसानहरु भारतीय बजार जाने गरेका थिए । बीउको बहानामा आएका अधिकांश किसान नभई बिगतमा २ नम्बरी गर्ने व्यक्तिहरु रहेको अध्यक्ष चौधरीले बताए ।

थप समाचार

ताजा खबर