26.6 C
Parāsi
Tuesday, October 26, 2021
spot_img

ग्लोबल आईएमई बैंक द्वारा रामग्राम नगरपालिका वडा १८ का १३५ जना बाढी प्रभावित परिवारलाई राहत

परासी, १४ भदौ ।

रामग्राम नगरपालिकाको समन्वयमा ग्लोबल आईएमई बैंकले वडा १८ पम्फापुरका १३५ जना बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । उक्त बाढीका कारण समस्यामा परेका परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती रामग्राम नगरपालिका मार्फत राहत स्वरुप खाद्यान्न वितरण गरेको हो। राहत वितरणमा चामल १५ किलो चामल, चिउरा २ किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, बेसार २ प्याकेट, पानी १ कार्टुन रहेको छ ।

ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठको अध्यक्षतामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बाढी प्रभावित परिवारलाई उक्त राहत वितरण गर्दै दुर्घन्धित बाढीको पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । नगर प्रमुख गुप्ताको पहलमा बैंकले वितरण गरेको राहत कार्य निकै सामाजिक तथा मानविय भएको नगर प्रमुख गुप्ताले प्रशंसा गर्दै थप वडाहरुमा राहत वितरणका लागि विभिन्न बंैक तथा वित्तिय संघसंस्थाहरु संग पहल भैरहेको बताउनु भयो । उहाँले यस्तो विपदका बेलामा नगरपालिकाले आफनो नगरका अति बाढीपिडित परिवारलाई खाद्यान्न खरिद गर्न नगद रु २ हजार रुपैयाको दरले वितरण समेत गरिरहेको जानकारी दिदै यस्तो विपत्तिको बेलामा राहत वितरण कार्यमा हातेमालो गर्न यहाँका अरु संघ संस्थाहरुलाई आग्रह गर्नु भयो । बंैकले यस्तो विपदका बेलामा पिडित परिवारलाई राहत पुगोस भनि यो राहत वितरण गरेकोमा निकै खुशी हुदै आफुँहरु विपदका बेलामा समाजमा अग्रसर भई सामाजिक कार्यहरु गर्दै आएको बंैकका प्रदेश प्रमुख रबि श्रेष्ठले जानकारी दिनु भयो । प्रमुख श्रेष्ठले बंैक सामाजिक दायित्वबाट पछाडी नहटने र पालिकाका थप वडा तथा विभिन्न पालिकाका बाढी प्रभावित क्षेत्रहरुमा अझै राहत वितरण गर्ने आवश्वासन दिनु भयो ।
राहत वितरण कार्यक्रममा रामग्राम नगरपालिका वडा १८का अध्यक्ष गोपाल डिस्वा मगर, कार्यपालिका सदस्य रोशन शाह, बैंकका प्रदेश उप प्रमुख जोगलाल भुषाल, बंैकको परासी ब्रांच म्यानेजर प्रदिप सापकोटा, भुमही ब्रान्च म्यानेजर विमलेस चोधरी लगायत बैंकका कर्मचारी र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

थप समाचार

ताजा खबर