28.1 C
Parāsi
Tuesday, October 26, 2021
spot_img

एनआरएनमा पृथक नेतृत्व आवश्यक छ : पुनम गुरुङ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मा महिलाहरुको सहभागितामा कम भएको देखिन्छ। एनसीसी होस् या आईसीसी–नेतृत्वदायी भूमिकामा महिला औँलामा गन्न सकिने अवस्था रहेको चर्चा हुनेगर्छ ।

गैर आवासीय नेपाली संघ (एनआरएन) युकेमै पनि महिला सहभागितामा कमजोर देखिन्छ । नेतृत्वको कुरा गर्ने हो भने, विगतको ७ वटा निर्वाचनमा पुरुष नै नेतृत्वमा आए । संघको आठौं अधिवेशनको चुनावी माहोल फरक देखिएको छ ।

पुनम गुरुङको उम्मेदवारी

आगामी सेप्टेम्बर १४ (भदौ २८) मा हुने निर्वाचनमा विगत १७ वर्षदेखि बेलायतमा सक्रिय समाजसेवी तथा उद्यमी पुनम गुरुङले उम्मेदवारी दिएसँगै चुनावी माहोल तातेको हो । आफ्नो चुनावी अभियानमा खटिरहेकी उनी नेपाली समूदायले आफूलाई मत दिएर चुनाव जिताउनेमा विश्वस्त रहेको बताउँछिन् ।

‘म सिनियारिटी र जुनियारिटीमा विस्वास राख्दिनँ । मैले जुन प्रतिवद्धतासहित उम्मेदवारी दिएको छु, त्यो गर्नको लागि पनि नेतृत्व पाउनुपर्छ भन्ने मेरो दाबी छ’, पुनम भन्छिन्, ‘यहाँको समूदायले परम्परागत भन्दा पृथक नेतृत्व चाहेको छ । त्यो पूर्ति मैले गर्न सक्छु भन्ने मेरो दाबी छ ।’

गोर्खाहरुको समस्या समाधान गर्न पहल गर्ने, एनआरएन युकेको आफ्नै भवन बनाउने, संगठनलाई प्रभावकारी बनाउने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने, नेपाली संस्थाबीचको एकतालाई प्रगाढ बनाउनेलगायतका महत्वपूर्ण सवाल आफ्नो चुनावी प्रतिवद्धतामा समेटेकी उनी आफूलाई मत दिएर जिताए एनआरएन युकेलाई नयाँ उचाइमा पुर्याउन दिनरात इमान्दार भएर लागिपर्ने बताउँछिन् ।’

अर्का प्रत्यासी शेरबहादुर सुनारसँग चुनावी मैदानमा होमिएकी पुनम चुनावी प्रचार प्रसारका क्रममा विभिन्न स्थानमा पुग्दा प्राप्त समर्थन र प्रतिक्रियाले आफू पुलकित भएको बताउँछिन् । विगत ७–८ महिनाअघि नै अध्यक्षको लागि तयारीमा जुटेकी उनी गत अगस्ट १८ मा उम्मेदवारी दर्ता गराएसँगै आक्रामक तयारीमा जुटेकी हुन् ।

सन् २००९ देखि तमुधिंयुकेमा आवद्ध उनी सन् २०१३ मा तमुधिं युकेको आमा समुहको संस्थापक भएकै बेला एनआरएन युकेको महिला विभागको उपाध्यक्ष बनिन् । त्यसपछि २०१७ मा सम्पन्न एनआरएनयुकेको कार्यसमितिको निर्वाचनबाट उपाध्यक्ष पदमा अत्यधिक बहुमतकासाथ निर्वाचित भएकी उनी यसपटक एनआरएन युकेको नेतृत्वमा पुग्दै इतिहास रच्ने दाउमा छिन् ।

पुनमको प्रतिवद्धता र योजनाहरु जतिपनि छन् त्यो कार्यन्वयनका लागि उनले चुनाव जित्नुनै पर्ने हुन्छ । अर्कोतर्फ पहिलो पटक महिला नेतृत्वमा आउने अवसर रहेकाले पुनम इतिहास रच्न सफल हुन्छिन् कि हुन्नन् त्यो भने सेम्टेम्बर १४ सम्मनै कुनुपर्ने हुन्छ ।

थप समाचार

ताजा खबर